रौतहट ,२ असोज //
रौतहटको एक ईटा उद्योगमा चौकीदारको काम गर्ने एकजनाको मृत्यु भएको छ ।
चन्द्रपुरको वडानं १० मा रहेको बिबिए ईटा उद्योगमा चौकीदारको काम गर्ने अन्दाजी ४० वर्षिय जलिल मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रातीको समयमा कसैले मियाको टाउकोमा हिर्काएर हत्या गरेको हुन सक्ने ईलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी सन्तु प्रसाद जयसवारले जानकारी दिएकाछन् ।
मृतक मियाको टाउकोमा चोट र रगताम्य अवस्थामा शव फेला परेपछि प्रहरीको तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान अगाडी बढाइएको उनले बताएका छन् ।
उद्योगमा राती मिया मात्र रहेको र उनलाई कसैले फलामको डण्डीले हानेर हत्या गरेको हुनसक्ने स्थानीयले जनाएको छ ।


