रौतहट ३१,भदौ । गरुडा नगरपालिकालाई उज्यालोमय बनाउने उदेश्यले गरुडा नगरपालिकाका मेयर कन्थमणी जयसवालले वडाहरुको स्थलगत सर्वेक्षण गरेका छन । हरेक वडाका अध्यक्षज्युहरुको रोहवरमा स्थानिय भद्रभलादमी,बुद्धिजीवीहरुको सल्लाहमा उचित ठाऊमा टावर लाईट जडान गर्न हेतु सर्वेक्षण गरिएको हो ।

आज सर्वेक्षण गरिएको गरुडा नगरपालिकाको वडा न. २,३,५,६,९ मा टोलवासीको सहमतीमा सबैलाई सुबिधा हुने ठाऊमा टावर लाईट जडान हुने मेयर जयसवालले बताए । बाकी वडामा चाडै सर्वेक्षण गरी सबैको सहमतीमा उचित ठाऊमा जडान गरिने मेयर जयसवालको भनाई छ । ” यो टावर लाइटहरुलाई विकासको कार्य नसम्झेर विकास प्रतिको पाइलाहरुलाई उज्यालो दिने एउटा साधनको रूपमा देखेको छु,गरुडा नगरपालिकाको सौन्दर्यकरण र उज्यालोमय बनाऊन हाम्रो प्रयास जारी छ,उनले भने ।”

आज निरिक्षण गरिएको ठाऊमा केहि दिन पछी शिलान्यास गरी काम अगाडी बढाईने योजना रहेको उनले सुनाए । टावरलाईटको निर्माणले सौन्दर्यकरण र नगरक्षेत्र उज्यालो थप्ने काम गर्ने आमनागरिकको बुझाई छ । यसले राती हिडडुल गर्न, दुर्घटना कम गर्न,बिभिन्न अपराधी घटना हुन समेत कम गर्ने बुद्धिजीवीहरु बताउछ्न ।



