Tuesday, April 28, 2026

भूमिहीनलाई तत्काल लालपुर्जा नदिन निर्वाचन आयोगको निर्देशन

पछिल्लाे समाचार


रौतहट , ३१ भदौ //
निर्वाचन आयोगले भूमिहीनलाई तत्काल लालपुर्जा नदिन राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म रोक्न निर्देशन दिएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरू तत्काल स्थगित गरी यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोग काठमाडौँलाई निर्देशन दिइएको छ।

यस्तै आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा पालिकालाई वैदेशिक भ्रमण नगर्न÷नगराउन पनि भनेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु