सर्लाही, ३१ भदौ //
सर्लाहीको हरिवनबाट बिहीबार प्रहरीले २ ट्रक चिनी बरामद गरेको छ ।
चामलको भनी बिल काटिएको र चेकिङका क्रममा चिनी फेला परेको हो । उक्त चिनी एक करोड ९४ लाख बराबरको रहेको प्रहरी स्रोतले जनाएको छ । बरहथवाबाट नयाँरोडतर्फ आउँदै गरेको २ वटा ट्रकबाट चिनी बरामद भएको हो ।
बरामद गरिएको ९८० बोरा चिनी भारततर्फबाट ल्याई काठमाण्डौंसम्म लान लागेको हुनसक्ने आशंका छ ।
सर्लाहीका एक प्रहरी अधिकारीले यस सम्वन्धमा अनुसन्धान भइरहेको र विस्तृत खुल्न बाँकी रहेको बताए । बरामद चिनी भन्सार कार्यालय मलंगवामा बुझाइसकेको प्रहरीले जनाएको छ ।


