Monday, April 27, 2026

निजगढका मनोज भारति बिकाश रत्न पदकबाट सम्मानित हुने

पछिल्लाे समाचार


बारा ,३ असोज //
बारा निजगढका मनोज भारति बिकाश रत्न पदकबाट सम्मानित हुने भएको छ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट भारतीले पदक पाउन लागेका हुन् ।

व्यवसायसंगै सामाजिक कार्यमा समेत सक्रिय रहेका भारती वैदेशिक रोजगारीबाट फर्किएर गार्मेन्ट उद्योग सञ्चालन गरेर सयौंलाई रोजगारी समेत दिएका छन् ।

भारतीले भुकम्प, कोभिड–१९, बाढी पहिरो लगायत विभिन्न विपत्त तथा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् ।

उनले विद्यार्थी, खेलाडी, पत्रकार लगायतलाई समेत उद्योगबाट उत्पादित जर्सी उपलब्ध गराएर सहयोग गरेका छन् ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टबाट सम्मान ग्रहण गर्दै मनोज भारती ।यस अघि उनी २०७६ मा श्रम तथा रोजगार मन्त्रालयबाट समेत सम्मानित भएका थिए ।

वैदेशिक रोजगारीबाट फर्केर उद्यममार्फत रोजगारी सृजना गरेको भन्दै उनलाई तत्कालिन श्रम मन्त्री गोकर्ण विष्टले सम्मान गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु