Monday, April 27, 2026

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो आगलागी पिडित साहलाई १ करोड बढी भुक्तानी

पछिल्लाे समाचार


रौतहट , ३ असोज //

लुम्बिनी जनरल इन्स्योरेन्स रौतहट शाखाले सम्पती बिमा अन्तर्गत १ करोड भन्दा बढी भुक्तानी गरेको छ । कम्पनि का अन्डरराईटिङ बिभागिय प्रमुख नवराज तिमल्सिनाले रौतहटको गरुडामा अवस्थित साहु ट्रेड कन्सर्नका संचालक मेनु कुमारी साह र शशि भूषण साहलाई प्रधान कार्यलयमा १ करोड १९ लाख ९८ हजार ८०० रुपैयाको चेक प्रदान गरेका हुन्।

साहले संचालन गरेको पसल साहु ट्रेड कन्सर्नमा २०७८ कार्तिक १२ गते बिधुत सर्ट भई आगलागी भएको थियो। आगलागी बाट पसल भित्र रहेको सम्पूर्ण सामाग्री सहित ३ वटा मोटरसाइकल समेत पूर्ण रुपमा जलेर नस्ट भएको थियो । आगलागीबाट पिडित बनेका साह परिवारलाई इन्स्योरेन्सले मल्हम लगाउने काम गरेको छ।

 साहले चन्द्रपुर शाखाबाट १ करोड ५० लाखको सम्पति बिमा गरेका थिए।  उनले बार्षिक ३० हजार तिर्नु पर्थ्यो ।  ३ बर्ष बिमा  गरेको उनलाई  लुम्बिनी जनरल इन्स्योरेन्सले करौडौको भुक्तानी गरेको हो । " आफुले बर्षौ देखी कमाएका कमाई आगलागीले  केहि बेरमै ध्वस्त पारिदियो,तर घटनाले विक्षिप्त पारेको हाम्रो परिवारलाई इन्स्योरेन्सले पुन सपना  देखाउने उर्जा दिएको छ " संचालक साहले भने ।  सम्पूर्णलाई आफ्नो सम्पतिको बिमा गर्न समेत साहले सुझाए । 

लुम्बिनी जनरल इन्स्योरेन्स रौतहट शाखा प्रमुख जीवन कटुवाल भन्छन ‘घरमा बस्दा अथवा बाहिर निस्किँदा, सुत्दा अथवा उठ्दा जतिबेला पनि जोखिम छ । नेपालको सन्दर्भमा भन्ने हो भने भुकम्पको खतरा रहेको छ । यस्ता प्राकृतिक प्रकोपका जोखिमहरु लगायत अन्य भैपरी आउनसक्ने जोखिमको लागि आफ्नो सम्पत्तिको विमा गराउन जरुरी छ । त्यसैले बिमा गर्न जरुरी छ । ‘

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु