Thursday, April 30, 2026

मधेश प्रदेश :वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियार को छापा

पछिल्लाे समाचार


जनकपुरधाम , २० भदौ //
जनकपुरधाम स्थित रहेको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।
शनिवार आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले घुम्ती शौचालयको कागजातसहित करिब तीनवटा योजनाको फाइल नियन्त्रणमा लिएको प्रमुख गोपाल कुमार अधिकारीले जानकारी दिए ।

आयोगमा विभिन्न उजुरीहरु परेपछि कार्यालयबाट सो सम्बन्धी कागजातहरु माग गरेको उनले बताए ।

आयोगको कार्यालय बर्दिबासले यस अघि वृहत्तरद्वारा जानकी मन्दिरमा भएको विद्युतीकरणमा व्यापक अनियमितता भएको भन्दै उजुरी परेपछि छापा हानेर सो सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु