Wednesday, May 13, 2026

नगर प्रमुख जयसवालद्वारा सिलाई कटाई तालिम समापन पश्चात प्रमाण पत्र वितरण

पछिल्लाे समाचार


रौतहट १६, भदौ। रौतहटको गरुडा ९ रघुनाथपुर गम्हरियमा आर.डी.सी नेपालद्वारा संचालित पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अन्तर्गत ३९० घण्टे सिलाई कटाई र चुरी लहठी तालिमको समापन गरिएको छ ।आर.डी.सी नेपालकी ममता झा को अध्यक्षतामा कार्यक्रम समापन गरिएको हो । सबै सहभागीहरुले निकै उत्सुक्ता र मेहिनतका साथ ३९० घण्टे तालिम सफल्तापूर्वक पुरा गरेको झाले बताईन् ।
कार्यक्रममा गरुडा नगरपालिकाका प्रमुख कन्थमनि प्रसाद जयसवालको प्रमुख आतिथ्यता रहेको थियो।
मेयर जयसवालले सहभागी सबैलाई शुभकामना तथा बधाई दिदै प्रमाण पत्र वितरण गरेका थिए ।
प्रमाणपत्र वितरण पछि कार्यक्रममा बोल्दै जयसवालले नगरपालिका भित्र रहेका सृजनशिल महिलाहरुलाई चुलोचौकोमा मात्र सिमित नराखी सिलाई कटाई जस्तै छोटो अबधीमै तालिम सिकी स्वरोजगार बन्न सक्ने भएको हुदा आत्मनिर्भर हुन महिलालाई नगरपालिकाले सदैव साथ र समर्थन गर्ने जनाए ।

उनले महिलाहरुको विकास र उन्नतीका लागि घरायसी उद्यमशिलता तालिम र अनेकन महिला केन्द्रित तालिममा नगरपालिकाले समन्वय गर्ने समेत जनाए । आर.डी.सी नेपालले तालिम लिएका महिलाहरुलाई २० थान सिलाई कटाई मेसिन र १० थान चुरा बनाउने औजार बितरण समेत गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु