Monday, May 4, 2026

नेकपा एकीकृत समाजवादी सर्लाहीकाे अधिकांश पदाधिकारी एमालेमा प्रवेश

पछिल्लाे समाचार


सर्लाही , १७ भदौ //
नेकपा एकीकृत समाजवादी सर्लाहीकाे जिल्ला नेतृत्वका अधिकांश पदाधिकारी एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एस जिल्ला कमिटी सर्लाहीका उपाध्यक्ष देवेन्द्र यादवको नेतृत्वमा अध्यक्षबाहेक कमिटीका सबै पदाधिकारी र सदस्यहरू एमालेमा प्रवेश गरेका हुन् ।

सर्लाहीको मलङ्गवामा आज आयोजित एक समारोहबीच यादवसहित कमिटीका सबै नेताहरू एमालेमा प्रवेश गरेका हुन् । एमाले फर्किनेमा उपाध्यक्ष यादवसहित गोविन्द अधिकारी, चुडामणि वाग्लेलगायत प्रदेश कमिटी र जिल्ला कमिटीका नेता–कार्यकर्ता छन् ।

उनीहरूको साथमा जिल्लाका ५०० जना कार्याकर्ता पनि एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई पूर्वसांसद हरि उप्रेतीलगायतले पार्टीमा स्वागत गरेका हुन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु