रौतहट , ३० भदौ //
नेपाल फोटो पत्रकार महासंघका दोश्रो महाधिवेशनमा रौतहटका तीन जना पत्रकार सम्मानित भएका छन्।
विहिबार नेपाल फोटो पत्रकार महासंघका दोश्रो महाधिवेशनमा कदर पत्रबाट रौतहट शाखा अध्यक्ष प्रभातकुमार झा, वरिष्ठ उपाध्यक्ष शिवपुरी र फणीदेव महतलाई सम्मान गरिएको हो ।
चितवनको पर्यटक नगरी सौराहामा आयोजित दोश्रो महाधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथि वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले कदरपत्र हस्तान्तरण गरि सम्मान गरेका हुन्।


