Thursday, April 30, 2026

कटहरियामा जनप्रनिधिलाई भूमि सम्बन्धी नियम कानुन बारे अभिमुखीकरण गोष्ठी सम्पन्न

पछिल्लाे समाचार


रौतहट , २९ भदौ //
रौतहटको कटहरिया नगरपालिकामा वडा स्तरीय जनप्रनिधिलाई भूमि सम्बन्धी नियम कानुन बारे एकदिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
बुधबार कटहरिया नगरपालिकाको सभाहलमा बेलायत सरकारको सहयोग तथा दिगो समाज र कटहरिया नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कटहरिया नगरपालिका वडा नं ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिका भित्र रहेका सुकुम्बासी तथा भूमिहिन व्यक्तिहरुलाई जग्गाको व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त गोष्ठीको आयोजना गरिएको थियो ।
वर्षौदेखी आफनो जग्गा नभएर एलानी जग्गामा बसोबास गर्दै आएका भूमिहिन तथा सुकुम्बासी व्यक्तिहरुलाई उचित जग्गाको व्यवस्थापन गरी उनिहरुलाई लालपुर्जा दिने बारेमा गोष्ठीमा छलफल भएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु