Monday, May 4, 2026

सप्तकोशीमा आएको बाढीले कटान गरेको भूभागलाई सरकारले गर्यो संकटग्रस्त क्षेत्र घोषणा

पछिल्लाे समाचार


सप्तरी ,१७ भदौ //
सप्तकोशीमा आएको बाढीले कटान गरेको भूभागलाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बिहीबार गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सप्तकोशी नदीमा आएको बाढीबाट भौतिक क्षति भएको भू-भागलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । मन्त्रालयका अनुसार उदयरपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ लाई यस्तो क्षेत्र घोषणा गरिएको छ ।

सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर ६, ७ र ९ तथा कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० लाई समेत संकटग्रस्त क्षेत्र घोषणा गरिएको मन्त्रालयले जनाएको छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६, ७ र ९ लाई समेत यस्तो क्षेत्र भित्र समेटिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु