सप्तरी ,२७ भदौ //
सप्तरीमा कुकुरलाई बँचाउन खोज्दा मोटरसाइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको बोदेबर्साईन नगरपालिका २ की ४५ वर्षीया अंजना देवी यादव रहेकी छन्।
सोमबार बिहान शम्भुनाथ नगरपालिका ५ मोहनपुर स्थित करिब साढे ८ बजेको समयमा पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प ३९९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदाको यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कुकुरलाई बच्चाउने क्रममा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा ४८ वर्षीय मोहन कुमार यादवलाई केही नभएको तर मोटरसाइकलमा पछाडी सवार उनको श्रीमतीको मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
शवको पोस्टर्माटमको काम भइरहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


