Wednesday, May 13, 2026

सिरहामा इनारभित्र करेन्ट लागेर दुइजनाको मृत्यु

पछिल्लाे समाचार


सिरहा , १७ भदौउ //
इनार भित्र करेन्ट लागेर सिरहामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोलबजार नगरपालिका ६ बस्ने बिजय साह र उनका छोरा अमर साह रहेका छन् ।

बिहीबार अपराह्न ४ बजे पानी तान्ने मोटर मर्मतको लागि इनारभित्र पसेका बेला बुबाछोराको करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

स्थानीयका अनुसार मोटरसमा खराबी आएपछि ठीक गर्न पहिला बाबु इनारभित्र पसेका थिए । बुबालाई करेन्ट लागेपछि छोरा समेत ईनार भित्र पस्दा करेन्ट लागेर मृत्यु भएको स्थानीयको भनाइ रहेको छ ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु