Monday, May 4, 2026

कटुवा पेस्तोलसहित धनुषाबाट एकजना पक्राउ

पछिल्लाे समाचार


धनुषा , ३० असोज //
धनुषाबाट कटुवा पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

             पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने ३५ वर्षीय रामसागर ठाकुर रहेका छन्।  

शनिबार राति जिल्लाको सवैला नगरपालिका–१२ नहर चोकस्थित मैनाथपुर बिरेनद्रबजार सडकबाट उनलाई उक्त पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरी टोलीले प्र २–०१–००२ प ३७२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राम सागरको साथमा उक्त पेस्तोल भेटिएको थियो ।
प्रहरी टोलीलाई देख्नासाथ हातमा बोकेको झोलासहित भाग्न खोजेपश्चात उनलाई नियन्त्रणमा लिई तलासी गर्दा झोलाभित्र उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको धनुषा प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु