Monday, May 4, 2026

बारामा युवा जमात एमालेमा प्रवेश

पछिल्लाे समाचार


बारा , ३० असोज //

बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुरका युवा जमात एमालेमा प्रवेश गरेका छन् ।

विभिन्न पार्टीमा सक्रिय रहँदै आएका २० जना भन्दा बढी युवाहरु जीतपुरमा आयोजित एक कार्यक्रमका बिच एमालेमा प्रवेश गरेका हुन् ।

ती युवा जमातलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य एवंम् पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, बारा क्षेत्र नं.४(क) प्रदेशसभा सदस्य उम्मेदवार देवनारायण चौधरी, वडा नं.७ का अध्यक्ष सुनिल गुप्ता, वडा नं.६ का अध्यक्ष कैमुदिन अंसारी, वडा नं.३ का अध्यक्ष ताराबहादुर कार्की लगायतले स्वागत गरेका थिए ।

युवाहरुको समूहलाई स्वागत गर्दै पूर्वमन्त्री पौडेलले एमालेको जितले मात्रै बारा क्षेत्र नं.४ मा विकासले गति लिने बताए । उनले एमाले जिताउँने अभियानमा हातेमालो गर्दै अघि बढ्न कार्यकर्ता र सर्वसाधारणलाई आग्रह गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु