Monday, May 4, 2026

व्यवसायिक कृषि सम्मानित कृषक : रौतहट ३ क स्वतन्त्र उम्मेद्वार अरमान भाइ

पछिल्लाे समाचार

रौतहट १८ बैसाख //रौतहट क्षेत्र न ३ (क) बाट स्वतन्त्र उम्मेदवारी दीएका बदरुदिन अरमान भाइले शुक्रवार पत्रकार सम्मेलन गरि आफ्नो प्रतिबद्धताहरू सार्वजनिक गरेका छन ।

“व्यवसायिक कृषि सम्मानित कृषक, शिक्षित समाज सम्मुनत क्षेत्र ” नारा अगाडि सार्दै परिवर्तन सम्भव छ भन्ने उदेश्य बोकेर अरमान भाइ चुनाबी अभियानमा छन ।
२०७२ असोज ३ गते सविधान जारी भएसंगै एउटा युगको आधारभुत रुपमा अन्त्य भई नयाँ युगको सुरुवात भएको अरमान भाइको भनाइ छ । तसर्थ उम्मेदवारहरुको छनौट गर्दा आम क्षेत्रवासी न्यायप्रेमी मतदाताहरुले मतदान गर्दा प्रदेश सरकारको महत्वलाई आत्मसात गर्ने व्यक्ति र धान्न सक्ने सक्षम व्यक्ति व्यक्तित्वको चयन गर्न आवश्यक छ ।
प्रदेश सरकारको संवैधानिक व्यवस्थाको मर्म, भावना र महत्वलाई सधैं आत्मसाथ गर्ने । प्रदेश सरकारको लागि  रौतहट क्षेत्र नं ३ क बाट उपयुक्त उम्मेदवार आफू भएकोले आ-आफ्नो बिवेक प्रयोग गरी  चुनाव चिन्ह प्रेसर कुकर मा मतदान गर्न उनको आग्रह छ ।
अरामान भाईको जंगल क्षेत्रका गाउँहरु कोठियार मैरा, चौचा सिम्रि, बलुवा, बुटवा र भैसही गाउँहरुलाई बाख्रा गाउँ प्रदेश सरकारबाट घोषणा लक्ष्य रहेको छ ।
यस्तै क्षेत्रका गाउँहरु सितलपुर मेवा टेङ्गहा, वैरगनिया र सन्तपुर गाउँहरुलाई माछा गाउँ  घोषणा गराउने  ।  दुधियावा, राङ्गी कटानी, हिमाली वास, पेटभरवा, जन्गलसैया, पोखरभीनडा र घुसुकपुरलाई दुध गाउँ  घोषणा गराउने उनको योजना छ ।
यस्तै गर्जा, कनकपुर, लछमीपुर, रंगपुर मनहरवा, परसवा, भवानीपुर, पल्टुल, खतवहीया, दयालपुर अमतावा, बेदैली जयराजपुर, सिमरा जुगौलिया, पिपरा गाउँलाई धान गाउँ घोषणा गराउने उनको प्रतिबद्दता रहेको छ ।
विजयपुर, लक्ष्मीनिया, बडहरवा, अकवनवा, फतुवा, हरिहरपुर ईस्लामपुर र बुनीयाद गाउँहरुलाई मकै गाउँ धोषणा गराउने , भसेडवा, खोर, झौवा, पिपरा, रामदासी, खैरा गाउँहरुलाई तरकारी गाउँ घोषणा गराउने प्रतिबद्दता पत्रमा उल्लेख गरेका छन ।
उनको योजनामा किसानहरुलाई  मल र बिज उपलब्ध गराउन हरदम पहलकदमी लिने । सिपमुलक तालिमको व्यवस्था गरी युवाहरुलाई रोजगारीको व्यवस्था मिलाउने  । समाजमा रहेको सबै खाले विभेद र छुवाछुतको अन्त गर्ने। ● आधुनिक स्वच्छ हराभरा शहर र बस्ती निर्माण कार्यमा हरदम अगाडी रहने,
सबैका लागि गुणस्तरिय शिक्षा र स्वास्थ्यमा सेवा प्रदान गर्ने । कृषिको आधुनिकरण, यान्त्रिकिकरण र व्यवस्थायीकरण गर्ने, भुमी सम्बन्धि समस्याको समाधान गर्ने,सडक, नाला, पुल लगायत भौतिक पुर्वाधार विकास निर्माण,
सिचाई नपुगेका खेतहरुमा कृषि बिजुली मिटरको व्यवस्था गराउने। गाउँ-गाउँमा सामाजिक सद्भाव सहित सामाजिक न्याय कायम गराउने,मिटर व्याजी लगायत सबैखाले शोषण दमन र अत्याचारको विरुद्ध लड्ने । अन्नदाता किसानहरुलाई वार्षिक पुरस्कार सहित सम्मान गर्ने।  जनता आवास कार्यक्रम प्रभावकारी रूपमा क्षेत्रमा कार्यान्वयन गर्ने गराउने, आर्थिक सामाजिक रुपान्तरण र समृद्धिका लागि हरदम प्रमुख भुमिकामा रहने अरमान भाइको प्रतिबद्दता छ  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु