Thursday, May 14, 2026

मजदुरी गरेर परिवार पाल्दै आएका साह जेल परे पछि परिवार को बिचल्ली

पछिल्लाे समाचार


मंसिर १५ गते/गाैर नगरपालिका वडा नम्बर ४ को एकपरिवारको घरमुली जेल परेपछि परिवारको बिचल्ली भएको छ ।
दुई वटा हजारका दरको नक्कली नोट सहित पक्राउ परेका जयप्रकाश साहको परिवार विच्चलीमा परेको हो ।
साहको श्रीमती रितादेवी साहले मजदुरी गरेर परिवार पाल्दै आएका श्रीमान जेल परेपछि बिचल्ली भएको दुखेसो पोखिन ।
जेल परेका साह ठेला चलाएर आफनो गुजारा चलाउदै आएका थिए ।
गत कार्तिक १२ गते शनिवार दिउंसो छठको लागि किनमेल गर्न घरबाट निस्केका साह लाई मोटरसाइकलमा पेट्रोल राख्ने बेला नक्कली नोट सहित प्रहरीले पक्राउ गरेकोे थियो ।
ठेला चलाएर परिवार पाल्दै आएका साहको सम्पत्तिको नाममा दुई कोठाको सानो घरमात्र रहेको छ ।
साह जेल परेपछि छाेरा विरामी भएको उपचार समेत गर्न समस्या भएको पिडित रिता देवीले बताइन ।
नक्कली नोट कसरी पाउनु भयो भन्ने प्रश्नमा रितादेवीले भनिन,” लक्ष्मी पुजामा केराको बोट किनबेच गर्ने क्रंममा कसैले दियो,नक्कली भन्ने थाहा भएन ।”
श्रीमान जेल परे पछि गाैर नगरपालिकाका नगर प्रमुख शम्भु साहले दालचामल सहयोग गरेका छन ।
परिवन्दमा जेल परेकोले श्रीमानलाई जेल मुक्त गराई दिन उनले विभिन्न पक्ष सग याचना गरेकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु