रौतहट १ पुस । भारतमा हुन लागेको चुनावको कारण तीनदिन नेपाल भारत सिमा नाका मा सवारी आवागमन बन्द हुने भएको छ ।
पुस ३ गते अर्थात सन २०२२ -डिसेम्वर -१८ तारिक आईतबार छिमेकी राष्ट्र भारतमा हुन गईरहेको नगरपालिका आम निर्वाचनको कारण मिति पुस १ गते अर्थात सन २०२२ डिसेम्वर १६ तारिक विहान ६ बजे देखि पुस ३ गते अर्थात सन २०२२-डिसेम्वर -१८ तारिक मतदान सम्पन्न नभए सम्मको लागि गौर वैरगनिया लगायत रौतहट जिल्लासंग जोडिएका सिमा नाकाहरु सिल गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


