रौतहट १ माघ /थारु समुदायको विशेष पर्व माघीको अवसरमा चन्द्रपुर नगरपालिकाले बिदा दिएको छ ।
नगरप्रमुख सञ्जय कुमार काफ्लेद्वारा शुक्रबार जारी शुभकामना सन्देश मार्फत माघे संक्रान्तिको अवसरमा माघ १ र २ गते स्थानीय बिदा दिइएको जानकारी गराएका हुन् ।
माघ २ गते नगरपालिका क्षेत्रमा विशेष माघी महोत्सव समेत आयोजना हुने भएकाले नगरपालिका तथा वडा कार्यालय, विद्यालय र आकस्मिक सेवा बाहेकका स्वास्थ्य संस्थामा उक्त दिन बिदा दिइएको ४ नम्वर वडा अध्यक्ष रवि राना मगरले जानकारी दिएका छन ।



