मुकेश कुमार साह/
रौतहट १,पुस । चन्द्रपुरमा अवस्थित साथि शिक्षा सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारण सभा सम्पन्न भएको । संस्थाद्वारा संचालित बालनिकेतन मा.वीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामकुमार भटराईले आगामी योजनाको बारेमा शेयर सदस्यहरुलाइ जानकारी दिए ।
आर्थिक बर्ष २०७८ /२०७९ को प्रतिबेदन दिनेश सापकोटाले प्रस्तुत गरेका थिए ।
संस्थामा आम्दानी तर्फ प्रवेश शुल्कबाट ३ हजार ६ सय ८०, अन्य आम्दानी १९ लाख ८६ हजार ९ सय ८०, बैंक व्याज तथा वोनस आम्दानी ४४ हजार ३ सय ७४ र अन्य आम्दानी गरी २० लाख ३५ हजार ३४ रुपैया पैसा ८५ रहेको जनाईएको छ । खर्च तर्फ भने सबैभन्दा बढी वैक व्याजमा खर्च देखाईएको छ । बैंक ब्याज खर्च ११ लाख ३२ हजार ५ सय १५ रुपैया देखाईएको हो ।
साधारण सभाले नव निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान समेत गरेको छ ।
रौतहट क्षेत्र न.४ का प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमल्सिना,चन्द्रपुर नगरपालिकाका मेयर सन्जय कुमार काफ्ले र उपमेयर जयमाला चौधरीलाई दोसल्ला ओढाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथी सांसद देव प्रसाद तिमलसिना सहकारीले शिक्षामा गरेको लगानी प्रती खुसी ब्यक्त गर्दै तीनै तहको सरकारको शिक्षामा सहयोग रहने बताए ।
यस्तै कार्यक्रमा चन्द्रपुरका मेयर सन्जय काफ्लेले शैक्षिक सुधार सहित उच्च शिक्षा हासिल गर्ने गन्तब्यको रुपमा बिकाश गर्दै लग्ने बिश्वाश ब्यक्त गर्दै शुभकामना दिए।
चन्द्रपुर नगरपालिकाले शिक्षा र स्वास्थमा बिशेष ध्यान दिदै अगाडी बढेको मेयर काफ्लेले जानकारी दिए ।
कार्यक्रममा संकल्प साकोसका उपाध्यक्ष कृष्ण चन्द्र पोखरेल , स्वस्तिक साकोसका अध्यक्ष नरेन्द्र राना मगर ,शान्ती स्वरोजगारका अध्यक्ष कल्पना दाहाल,पूर्व सांसद कल्याणि खड्का लगायतका व्यक्तिहरुको आतिथ्ता रहेको थियो ।


