Thursday, April 30, 2026

उत्कृष्ट गोल्ड अवार्ड रौतहटका निर्माण व्यावसायी खड्कालाई प्रदान

पछिल्लाे समाचार


रौतहट ३० फागुन ।  नेपाल निर्माण व्यवसायी महासंघले ‘ए’ र ‘बी’ क्लासको उत्कृष्ट गोल्ड अवार्ड रौतहटका निर्माण व्यावसायी सहदेव खड्कालाई प्रदान गरेको छ ।
निर्माण व्यावसायी महासंघको साधारण सभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रा.लि. भक्तपुरका अध्यक्ष खड्कालाई प्रदान गरेको हो ।
खड्का नै अध्यक्ष रहेको अर्को कम्पनी सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा लि ले ‘बी’ क्लासको उत्कृष्ट गोल्ड अवार्ड पाउन सफल भएको छ ।
खड्काको कम्पनीले चितवनको भरतपुरमा ६ लेनको सडक, भरतपुरमा सिटी हल, नारायणी नदी तटवन्ध, पूर्वी नवलपरासीको देउराली हुप्सेकोट खानेपानी आयोजना, मध्य पहाडी लोकमार्गको बसन्तपुर म्याग्लुङ्ग सडक, कालिगण्डकी करिडोरक रिडि रुद्रवेनी हर्मिचौर सडकखण्ड, मदन भण्डारी लोकमार्गको रिडी खज्याङ्ग सडकखण्ड निर्माण गरिरहेको छ ।
नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाको विभिन्न खण्डमा कामसमेत गरिरहेका खड्काले बताए ।
प्राप्त अवार्डले थप जिम्मेवार भएर समयमा नै काम सम्पन्न गर्ने हौसला प्रदान गरेको खड्काले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु