रौतहट १८ फागुन । चन्द्रपुर को चन्द्रनिगाहपुर चोक,बजारको अधिकांश मासु पसल गुणस्तरहिन तथा मापदण्ड बिपरित चलेको पाइएको छ ।
चन्द्रपुर नगरपालिकाको बजार अनुगमन समितिले बुधबार र बिहीबार अनुगमन गर्दा मापदण्ड बिपरितका मासु पसल भेटिएको हो ।
चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीको नेतृत्वमा चन्द्रनिगाहपुर बजार तथा चोकको बिभिन्न मासु पसल तथा बिभिन्न पसलहरुको अनुगमन गरीएको थियो ।
मासुजन्य पदार्थ बिक्री बितरणमा चरम लापरवाही भेटिएको अनुगमन समितिका सदस्य इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका शाखा अधिकृत हेमराज फुयालले जानकारी दिए ।
अधिकांश मासु पसल मापदण्ड भन्दा बाहिर संचालनमा रहेका छन तिनीहरुलाइ सचेत गराइ कानुनी दायरामा ल्याउनुपर्ने अधिकृत फुयालको धारणा रहेको थियो ।
मासु पसलको अनुगमन गर्दा बिगतका बर्ष भन्दा कुनै परिर्वतन नआएको अनुगमनकर्ता तथा उपभोक्ता हित संरक्षण मंचका रौतहट अध्यक्ष टिका घिमिरेले बताए ।
चन्द्रनिगाहपुरका अधिकांश मासु पसल फोहोर नै फोहोरको ढंगुरमा रहेको,मरेका कुखुरा बेच्ने गरेको,झिंगा नै झिंगा भन्कीएको,खुल्ला सडकमै मासु बेच्ने गरेको अनुगमनका क्रममा भेटिएको छ ।
चन्द्रनिगाहपुरको मिलनचोकमा रहेको अधिकांश मासु पसल मापदण्ड बिपरित संचालनमा आएको अनुगमन समितिका सदस्य घिमिरेले जानकारी दिए ।
कुनै पनि पसलमा मुल्य सुची नभएको,साइन बोर्ड नभएको लाखौको ब्यापार गर्दा पनि पान,भ्याटमा दर्ता नभएको,मापदण्ड बिपरितका गुणस्तरहिन मासुको बिक्रि बितरण गरेको पाइएको घिमिरेले बताए ।
अनुगमन समितिका सदस्य तथा चन्द्रपुर नगरपालिकाको पशु शाखा दुर्गा प्रसाद चिमरियाले फोहर र खान अयोग्य मासु बेच्नेलाइ १ महिना सच्चिने समय दिएको र सो अबधि भित्र पनि कानुन अनुसार ब्यापार गरेको नपाइए कार्वाही हुने चिाोरीयाले बताए ।



