Friday, April 24, 2026

आम संचार प्राधिकरणद्वारा छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षण

पछिल्लाे समाचार


जनकपुरधाम, २५ वैशाख । आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा सोमबारदेखि श्रव्य–दृश्य छायाङ्कन तथा सम्पादन सम्बन्धी पाँच दिने प्रशिक्षण सञ्चालन भएको छ ।
नेपाल पत्रकार जनकपुर धनुषा शाखाको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेश सभा सदस्य रामअशिष यादवले २१औं शताब्दिको शक्तिशाली पेशा पत्रकारिता भएकोले सम्वेदनशिल भएर कलम चलाउनुपर्ने आवश्यकता औंल्याएका छन । ‘पत्रकारिता पेशा जति चुनौतीपूर्ण छ, उत्तिकै सम्मानजनक पनि छन्’ पत्रकार महासंघ शाखाका पूर्व अध्यक्ष समेत रहेका उनले भने ‘२१औं शताब्दिको शक्तिशाली पेशा पत्रकारिता हो, त्यसैले सम्वेदनशिल भएर कलम चलाउनु जरुरी छ ।
’ मधेश प्रदेश सरकारले पत्रकार र पत्रकारिता क्षेत्रप्रति गम्भीर रहेको बताउँदै प्रदेश सभा सदस्य यादवले आमसञ्चार प्राधिकरणले सञ्चारक्षेत्रमा अघि बढाएका गतिविधिहरु सराहनीय रहेको चर्चा गरे ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य एवम् नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष अनिल कुमार मिश्रले टेलिभिजन, अनलाइन, पत्रपत्रिका लगायतका सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकारहरुका लागि श्रव्य–दृश्य छायाङ्कन तथा सम्पादन सम्बन्धी तालिम फलदायी रहेको बताए ।
महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाले पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने लहर बढे पनि गुणस्तरियताको अभाव रहेको बताइन् । तालिममा सिकेका सीपलाई सम्वन्धित सञ्चारमाध्यमहरुमा प्रयोग गर्न सहभागीहरुलाई उनले आग्रह गरिन् ।
सामुदायिक रेडियो प्रशारक संघ मधेश प्रदेशका अध्यक्ष मनोज कुमार यादवले आमसञ्चारमाध्यमहरुमा जनशक्ति अभाव रहेको अवस्थामा यस्ता तालिमले महत्वपूर्ण योगदान मिल्ने बताए ।
मधेश प्रदेशमा युवा पुस्ताका पत्रकारहरुको सहभागिता उल्लेखनीय रहे पनि दक्षता एवम् सीप अभिवृद्धि आवश्यक रहेकोले तालिम आयोजना गरिएको आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले बताए ।
मधेश प्रदेशका पत्रकार र पत्रकारिता क्षेत्रको प्रवर्धनका लागि लोककल्याणकारी विज्ञापन, स्वास्थ्य तथा दुर्घटना बीमा, प्रेस प्रतिनिधि परिचयपत्र, तालिम लगायतका कार्यक्रमहरु प्राधिकरणले अघि सारेको अध्यक्ष यादव ले बताए ।
कार्यक्रममा प्राधिकरणका बोर्ड सदस्यद्वय अमरेन्द्र कुमार यादव, प्रतिमा चौधरी, प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंह लगायतले तालिमको सफलताको कामना गर्दै शुभकामना व्यक्त गरे । पाँच दिवसीय उक्त तालिममा मधेश प्रदेशका जिल्लाहरुबाट २६ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु