Friday, April 24, 2026

विश्व रेडक्रस दिवशको अवसरमा चन्द्रनिगाहपुरमा बिभिन्न कार्यक्रमको आयोजना

पछिल्लाे समाचार


चन्द्रपुर २५ बैसाख । विश्व रेडक्रस दिवशको अवसरमा नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
एक कार्यक्रमका बिच उपशाखा चन्द्रनिगाहपुरले चन्द्रनिगाहपुरको मुख्यचोकमा साझ दिप प्रज्वलन कार्यक्रम गरेको छ । सो कार्यक्रममा उपशाखाका सभापति श्रीकृष्ण प्रसाद अधिकारी,उपसभापति शोभा खरेल,सचिब लालबाबु साह,उपसचिब राजेन्द्र तिवारी,कोषाध्यक्ष संजय कार्की,उप कोषाध्यक्ष रमेश तिमलसिना,सदस्य कोपिला तिमलसिना,शिक्षक शेखर पहाडी,नेपाल प्रहरीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
उपशाखाका सभापति श्रीकृष्ण प्रसाद अधिकारीले दिप प्रज्वलन गरी सो कार्यक्रमको शुरुवात गरेका छन ।
समाजमा रेडक्रसको योगदान र रेडक्रसले खेलेको भुमिका बारे सभापति अधिकारीले चर्चा गरेका थिए ।
यसैगरी रेडक्रस दिवश कै अबसर पारेर बिहान चन्द्रपुर एकेडेमीमा चन्द्रपुर अस्पताल प्रालिको प्राबिधिक सहयोगमा रक्तदान तथा रगतको ग्रुप पहिचान कार्यक्रम भएको थियो ।
सो कार्यक्रममा ९ जनाले रक्तदान गरेको र कक्षा ७ र ८ मा अध्ययनरत बालबालिकाको रगतको ग्रुपको पहिचान गरेको चन्द्रनिगाहपुर रेडक्रस उप शाखाका उपसचिब राजेन्द्र तिवारीले जानकारी दिएका छन ।
यसैबिच नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर शाखाले चन्द्रपुर नगरपालिका वाड नं. १० का आगलागी पिडितलाइ राहत हस्तान्तरण गरेको छ । चन्द्रपुर १० निवासी जादोलाल रामलाइ उपशाखाकी उपसभापति शोभा खरेलले सो राहत समाग्री हस्तान्तरण गरेकी हुन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु