Tuesday, April 28, 2026

महिला आयोगद्धारा गौरमा अन्तरक्रिया

पछिल्लाे समाचार


रौतहट, ११ जेठ । राष्ट्रिय महिला आयोगले  गौरमा विहिवार अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आयोगद्धारा जिल्ला प्रशासन कार्यालय गौरको सभाकक्षमा “समाजमा विद्यमान हानिकारक अभ्यासहरु दाइजो प्रथा, वालविवाह, बोक्सी आरोप” सम्बन्धी अन्तरक्रिया  आयोजना गरेको हो ।
कार्यपत्र प्रस्तुत गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले हाम्रो समाजमा विद्यमान रहेका परम्परागत, कुरुतीहरुलाई निर्मूल पार्न जनचेतना मुलक कार्यक्रम गर्न जरुरीरहेको बताए ।
प्रजिअ मिश्रले  ऐनकानुन, चुनौती र समाधानको उपाय वारे कार्यपत्र प्रस्तुत गरेका छन ।
गौर नगरपालिकाको नगरप्रमुख शम्भु साह, दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भुकुमार सिंह, मौलापुरको नगरप्रमुख रिनाकुमारी साह, महिला अधिकारकर्मीहरु, समाजसेवीहरु,  विभिन्न क्षेत्रका व्यक्तिहरुद्धारा समाजिक कुरुतीहरुलाई निर्मुल पार्न सहयोग आवश्यक पर्ने धारणा राखेका छन ।
महिला आयोगको  सदस्य विद्याकुमारी सिन्हाले दाइजो प्रथा, बालविवाह र घरेलु हिंसाको अन्त्य गर्न सवै पक्ष एकजुट हुन आवश्यक रहेको बताइन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु