Wednesday, May 22, 2024

बृन्दावन नगरपालिकामा प्रयोगशाला उद्घाटन

पछिल्लाे समाचार

रौतहट, ११ जेठ । बृन्दावन नगरपालिकाको हर्साहा चौकमा जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको छ।
प्रयोगशालाको नगरप्रमुख बिनोद प्रसाद कुर्मीले उद्घाटन गरेका छन । मधेस प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र बृन्दावन नगरपालिका बीचको सहकार्यमा प्रयोगशाला स्थापना गरिएको हो ।
प्रयोगशालाको उद्घाटन गर्दै नगर-प्रमुख कुर्मीले पहिला नगरबासीलाई ठूलो वा सामान्य चेकजाँचका लागि गौर, चन्द्रपुर, जनकपुर, बिरगंज र काठमाडौं जानु परेको थियो तर आजदेखि गाउँमै सहुलियत शुल्क मा सर्वसुलभ मूल्यमा सेवा पाउनु आम नागरिकको लागि धेरै खुशीको कुरा रहेको उनले बताए ।
यस क्षेत्रका नागरिकका लागि ल्याव सेवा प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।
मेयर कुर्मीले भने, ‘स्वास्थ्य सेवा हरेक नागरिकसंग जोडिएको विषय हो । हरेक नागरिकको सरोकारको विषय हो । देश विदेशमा गएर चेकजाँच गराउने वा नीजिमा गएर पैसा ठगिने डर प्रयोगशालामा हुदैन् ।’
प्रयोगशालाको उद्घाटन गर्दै नगर-प्रमुख कुर्मीले नीजि क्लिनिक वा अस्पातलमा जाँदा सामान्य चेक जाँच गरेको पनि हजारौं तिर्न पर्ने बाध्यता छ ।
तर अब गाउँमै यस क्षेत्रको जनताले सस्त‍ोमा चेकजाँच गर्न पाउँछन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु