Thursday, June 13, 2024

कथाकार सपूत कार्कीको कथा संग्रह ‘चौध भुवन’

पछिल्लाे समाचार


रौतहट,७ जेठ / कथाकार सपुत बहादुर कार्कीद्धारा लेखिएको कथा संग्रह ‘चौध भुवन’ पाठक माझ आएको छ ।
  कथाकार  कार्कीद्वारा लिखित १४ वटा कथाहरूको सङ्ग्रह ‘चौध भुवन’ को गत बैशाख २२ गते काठमाण्डौमा सार्वजनिक गरिएको थियो ।
‘चौध भुवन’ लाई लेखक, पर्यटन व्यवसायी तथा धुलिखेलका संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठ र नियात्राकार पोष चापागाईंले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।
उक्त कृतिमाथि लेखक तथा शिक्षासेवी डा. बलराम तिमल्सिनाले समीक्षात्मक टिप्पणी गरेका छन ।
उक्त कथा संग्रहमा तिमि नै भन त मैया,कान्छी,पात्रको मृत्यु,म आशा बाडिरहेको छु,अस्वीकृत सहित,फुलवाको विवाह,नियति,गोपाल कुटी,पुस्तक,ट्रेसी,गल्ली नम्बर आठ,सोनफी,राहत र भुस्याहा कुकुर गरी १४ वटा कथा समावेश रहेको कथाकार कार्कीले जानकारी दिए ।
कथाहरुमा दाइजो प्रथाले गर्दा गरिब,पैसा नहुने पात्रले पाएको पिढा,समाजमा दाइजो प्रतिको दृष्टिकोण,बिदेशीनु परेका पात्रहरुको पिडा र साथीभाइहरुको संगत छुटनुको दुःख आदीलाइ समेटिएको छ ।

कथाकार कार्कीको २०४५ सालमा पहिलो पागल कथा संग्रह प्रकासित छ ।
कथाकार कार्की लामो समय देखी नेपाल रेडक्रस सोसाईटी र  बिभिन्न  समाजिक संस्थामा आवद्ध छन ।
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुर निवासी कार्की भुइमान्छेका कथा टपक्क टिप्न सक्ने कथाकारको रुपमा परिचित छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु