रौतहट ७ जेठ । चन्द्रपुर,नगरपालिकामा शहरीकरण तिव्ररुपले भैरहेको छ ।पछिल्लो बर्षहरुमा जनघनत्व पनि तिब्ररुपले बढेको छ ।
सार्वजनिक शौचालय नहुदा दिसा पिसाबले च्यापेकाहरू भौतारीरहेका हुन्छन । राजमार्ग किनारका होटलहरुमा केही नकिने सम्म शौचालयको ताला खुल्दैन ।
कयौ यात्रुहरु दिसा पिसाब च्यापेर गन्तव्य पुग्न बाध्य छन ।
व्यवस्थित सार्वजनिक शौचालय निर्माणमा वडा तथा नगरपालिकाले ठोस योजना नै बनाउन सकेका छैन ।

चन्द्रपुरचोकको प्रयोगबिहिन सार्वजनिक शौचालय
जिल्लाका १८ वटा स्थानीय तह मध्य २ पालिकामा घुम्ति शौचालय, २ पालिकामा मात्रै सार्वजनिक शौचालय रहेका छन । जिल्लालाई बर्षौअघि खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि सर्वसाधारण खुल्ला स्थानमा लाज पचाएर शौच गर्न बाध्य छन ।
नगरपालिकाले लाखौ खर्चेर खरिद गरेको २ वटा घुम्ती शौचालय लामो समय देखी प्रयोग बिहिन छन् । नगरपालिकाले सो घुम्ती शौचालय प्रयोगमा ल्याउनुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ ।
घुम्ती शौचालय प्रयोगमा ल्याउन पहल भैरहेको चन्द्रपुरका जनप्रतिनिधीहरुको भनाइ रहेको छ ।