रौतहट,७ जेठ । ढुंगा ले छोपेर लैजादै गर्दा सशस्त्र प्रहरीले सालको गोलिया बरामद गरेको छ ।
चन्द्रपुर नगरपालिका वडानं ३ को गैडाटारबाट लोड गरेर चन्द्रपुर १० स्थित बालचनपुरको एक चिरान मिलमा लैजादै गरेको अवस्थामा काठ सहित ट्रेक्टर बरामद भएको हो ।
बालचनपुरमा चिरान मिल संचालन गरेर बसेका मुकेश साहले पाँच थान सालको गोलिया ट्रेक्टर लोड गरेर त्यस माथि ढुंगा राखेर लाँदै गरेको सुराकीका आधारमा सन्तपुर स्थित सशस्त्र बेसका प्रहरी सहायक निरीक्षक हवल्दार साह कानुको नेतृत्वको टोलीले ना ४ त ८३६६ नम्बरको काठ लोड ट्रेक्टर बरामद गरेर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको हो ।
ट्रेक्टर चालक चन्द्रपुर १० का २३ बर्षका फिरोज मन्सुरी पक्राउ परेपनि ट्रेक्टर धनी तथा चिरान मिल संचालक मुकेश साह भने सशस्त्र प्रहरीलाई देख्ना साथ भागेकाे बताईएको छ ।
वन कर्मचारी र राजमार्गमा पर्ने सन्तपुर प्रहरी चौकी ,डुमरिया प्रहरी चौकीलाई मिलाएर साहले यसअघि पनि ढुंगाले छोपेर सालको गोलिया चोरी गर्ने गरेको स्थानीयको भनाइरहेको छ । बरामद भएको ५० क्युफिट काठ ट्रेक्टर र चालक माथि आवश्यक अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा सशस्त्र वन रक्षक तथा जम्दार बिनोद श्रेष्ठले बताएका छन ।


