Tuesday, April 21, 2026

चन्द्रपुर नपा ९ को पुर्बिभेग मा जेठ ९ गते सम्म बन प्रवेशमा रोक

पछिल्लाे समाचार


चन्द्रपुर ६ जेठ । वीरदल गण, पुरेनवा व्यारेक, रौतहटको सैनिक अभ्यास चन्द्रपुर नगरपालिका वडा न. ९ को बनक्षेत्रमा हुने भएकाले सो भेगको बनमा प्रवेशमा रोक लगाइएको छ ।
पूर्वी भेग सिन्दुरेघारी, चेतनगर बिर्ता, गैरी मर्धर र डाडा मर्धरको बनक्षेत्रको ईलाकामा रहेको जङ्गलमा सैनिक अभ्यास तथा फायरिङ्ग गर्ने कार्यक्रम रहेको छ ।
सैनिक अभ्यास जेठ ६ गते देखि ९ गते सम्म अभ्यास र तालिम हुने भएकोले उक्त जङ्गल क्षेत्रमा घास, दाउरा, मेलापात वा गाईवस्तु भाउ चराउन रोक लगाएको जनाएको छ ।
सो इलाकामा सर्वसाधारण लाई प्रवेश नगर्न समेत चन्द्रपुर ९ का कार्यवाहक वडा अध्यक्ष रामपुकार साह कल्वार सुचित गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु