Friday, April 24, 2026

बैक खाता बाटै सेवाग्रहीको ९ लाख हरायो

पछिल्लाे समाचार


    
रौतहट ८ जेठ । माछापुछ्रे बैकको चन्द्रपुर शाखाबाट एक सेवाग्रहीको ९ लाख रकम हराएको छ ।
आईतबार ८ लाखको चेक साट्न गएका बृन्दावन नगरपालीका ३ का रामेश्वरराय यादबको खाताबाट   ९ लाख रकम हराएको हो । शुक्रवार सम्म उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो ।
बृन्दावन नपाका पुर्व वडा अध्यक्ष समेत रहेका सेवाग्रही यादवको खाताबाट रकम हराएपछि आइतवार दिनभर  स्थानीय ले बैंकमा भेला भएर आश्चर्य प्रकट गरेका छन ।
गत बिहिबार उनले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमा जम्मा गर्न चेक (क्लिरियन्समा) दिएका थिए ।
शुक्रबार दिउसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाईलमा म्यासेज समेत आएको थियो ।
आईतबार ८ लाखको चेक लिएर साट्न गएका सेवाग्रही यादबले खाताबाट ९ लाख हराएको जानकारी पाएका थिए ।
   माछापुच्छे बैंकका चन्द्रपुर शाखा प्रमुख रामजी दास ले ह्याकरले पैसा लगेको जवाफ दिएका छन ।
शाखा प्रमुख दासले भने ‘ह्याकरले सेवाग्रही यादबको खाताबाट पैसा तानेको छ,‘यसमा हामि केही गर्न सक्दैनौ ।’
शाखा प्रमुख दासले खातावालालाई आफै पत्ता लगाउनु भने पछि बैंकमा पिडितका आफन्तले बैकले गैरजिम्मेवारपुर्ण व्यवहार गरेको गुनासो थिए ।
खातावाल पिडित यादबले बैंककै कर्मचारीको मिलोमतोमा पैसा गायब भएको आरोप लगाएका छन ।
‘ खाताबाट पैसा हरायो भनेर बिहानै जानकारी गराउदा समेत बैंक प्रमुख दासले बेवास्ता गरेको पिडितको भनाई छ ।
  सेवाग्रहीको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४००९८२४२५५६३१ नम्बरको मोबाईल प्रयोग गरि रकम निकालेको पाइएको छ ।
खातावाल यादबको खाताबाट  रकम सिटिजन बैक , सानीमा बैंकमा ट्रान्सफर भएको शाखा प्रमुख दासले बताएका छन ।
ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपि एकनारायण कोईरालाले सेवाग्रही यादबको खाताबाट रकम हराएको बिषयमा  अनुसन्धान शुरु गरेको जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु