राैतहट २५ बैसाख । यमुनामाइ गाउपालिकाले सुचना नदिएको गुनासो छ ।
नेपालको संबिधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार यमुनामाई गाउँपालिका संग माग गरिएको सूचना नदिएको गुनासो एक जनप्रतिनिधिले नै लगाएका छन ।
रौतहटको यमुनामाई गाउँपालिकाले सार्वजनिक सुनुवाइ गर्नुपर्ने कुरा त परै जाओस्, सूचनाको हकसम्बन्धी ऐनमा आधारित भएर माग गरिएका सूचनासमेत दिन प्रमुख प्रशासकीय अधिकृतले आलटाल गरेको आरोप लागेकोछ । ।
यमुनामाई गाउँपालिकामा मिती २०७९/१२/१२ गतेका दिन सुचना अधिकारी संग सार्वजनिक महत्वका ११ बुदे सूचना माग गरेकाे थियो ।
प्रमुख प्रशासकीय अधिकृतले आलटाल गरेकाेले पुनःमिती २०७९/१२/२७ गतेका दिन प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादवलाई संबाेधन गरि सुचना उपलब्ध नगराउने सूचना अधिकारी उपर कार्वाही गरि माँग गरिएका सूचनाकाे प्रमाणित प्रतिलिपी उपलब्ध गराई पाउँ भन्ने उजुरी संयुक्त रूपमा उजुरी दिएकाे हुदाँ साे सार्वजनिक चासोकाे बिषयमा माग गरिएको सूचना २६ दिन बित्दा पनि उपलब्ध गराउन प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादवले आनाकानी गरेका छन ।
सुचना दिन अटेर गरेको बडा नम्बर २ का अध्यक्ष सिताराम यादवले गुनासो गरेका छन ।

पटक पटक प्रमुख प्रशासकीय अधिकृत यादव लाई सुचना बारे जानकारी लिन पटक पटक सम्पर्क गर्दा बहाना बनाउदै आएको वडा अध्यक्ष यादवले गुनासो गरेका छन ।
सम्पन्न भईसकेका कार्यको विवरण लुकाउन खोज्नुले गाँउपालिकाको पारर्दशिता, निष्पक्षता,सुशासन प्रति प्रश्न चिन्ह खडा भएको स्थानियको भनाइ छ ।
यमुनामाई गाउँपालिकाले सुचना उपलब्ध नगराएमा काडा भन्दा कडा संर्घषमा जान बाध्यहुने भन्दै ध्यानाकर्षण गराइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत यादवले वडा अध्यक्ष यादवले आफु माथि लगाएको आरोपको खण्डन गर्दै सुचनाका लागि लाग्ने आवश्यक राजश्व दस्तुर दाखिला गरे सुचना दिन तयार रहेको बताए ।



