रौतहट ९ जेठ । कटहरिया नगरपालिकाको विभिन्न चौकहरुमा पछिल्लो दिनमा टावर लाइट जडान भइरहेको छ ।
पछिल्लो पटक वडा नम्बर ८ पिप्रा पोखरिया स्थित श्री राम चौकमा टावर लाइट जडान भएको छ ।
वडाभरी उज्यालो बनाउने अभियान अन्तर्गत टावर लाइट जडान गरिएको वडा अध्यक्ष समिश बिक्रम शाहले जानकारी दिएका छन ।
बति जडानपछि चोरी , लुटपाट जस्ता घटनामन कमि आउने र राति हिड्न सहज हुने उदेश्यले बत्ति जडान गरेको वडा अध्यक्ष शाहको भनाइ रहेको छ ।


