Thursday, April 23, 2026

गौरमा सडक सुरक्षा सप्ताह शुरु

पछिल्लाे समाचार


राैतहट १ जेठ । रौतहटमा सडक दुर्घटना न्यूनीकरणका लागि राैतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयले  सडक सुरक्षा सप्ताह संचालन गरेको छ ।
राैतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले  सप्ताह को उद्घाटन गरेका छन ।
प्रजिअ मिश्रले सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा यस्ता कार्यक्रमले पुग्ने बताए ।
सडक नियम कानुनकाे पालना गर्ने दायित्व हरेक नागरिकको रहेकाे समेत उनको भनाइ छ ।
  राैतहट मा सवारी साधनको बढ्दो चापसँगै दुर्घटना पनि बढिरहेको ले सडक सुरक्षा सप्ताहले दुर्घटनामा न्यूनीकरणमा सहयोग पुग्ने प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले बिश्वास ब्यक्त गरेका छन ।
सडक सुरक्षा सप्ताहको पहिलो दिन आइतबार गाैर नगरपालिकाको बसपार्क देखि भन्सारसम्म प्रभातफेरी कार्यक्रमकाे आयाेजना गरिएको छ ।


जेठ २ गते दुर्घटना न्यूनीकरणसम्बन्धी पर्चा पम्प्लेट बितरण, ३‌ गते स्कुल कलेज वा सडक प्रयाेगकर्ताहरुलाई बाटाे काट्न सिकाउने लगाएतका कार्यक्रम रहेकाे जिल्ला ट्राफिक कार्यालय राैतहटले जनाएको छ ।
यसैगरी ४ गतेदेखि ६ गतेसम्म प्रशिक्षण अभियान, ५ गते बिद्यार्थीलाई ट्राफिक संकेत एवम् लाईटका बारेमा जानकारी दिने , ७ गते दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन र सप्ताह कार्यक्रमको समापन गरिने ट्राफिक प्रहरी कार्यालय राैतहटले जनाएको छ ।‌


spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु