चन्द्रपुर १ बैसाख । आउदो जेठ ३ गते नेकपा एमाले चन्द्रपुर नगर कमिटीको आयोजनामा मदन आश्रित स्मृति दिवसको अवसरमा “ जननेता मदन भण्डारी र जवज को सान्दर्भिकता “ बिषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रम गर्ने भएको छ । पार्टीमा लामो समय योगदान गरेका,कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण भुमिका खेलेका पार्टी सदस्य तथा सुभचिन्तक मध्यबाट प्रत्यक वडाबाट वडा कमिटीको सिफारिसको आधारमा बढिमा ३/३ जना , चन्द्रपुरमा रहेर विभिन्न विधामा महत्त्वपूर्ण योगदान गर्ने मध्यबाट छनौट गर्ने निर्ण भएको एमालेका नगर अध्यक्ष आचार्यले जानकारी दिएका छन ।
यस्तै बैठकले चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति को हरहिसाब बारे गठित छानविन समितिलाई तदारुकताका साथ छानबिन गरि सत्य तथ्य बाहिर ल्याउन आग्रह गर्ने समेत निर्णय भएको अध्यक्ष आचार्यले जानकारी दिए ।
बैठकले चन्द्रपुर नगरपालिका मा भईरहेको गतिविधि वारे जानकारी लिन गत स्थानीय निर्वाचन मा निर्वाचित वडा अध्यक्ष र सदस्यहरु तथा निर्वाचनमा सहभागी सम्पुर्ण हरुको बैठक राखि छलफल गरेको थियो ।


