रौतहट,१ जेठ । गएराती मोटर साईकल दुर्घटनाहुदा एकजना विद्युत कर्मचारीको ज्यान गएको छ ।
नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखामा कार्यरत ४१ बर्षका गोपाल कुमार यादवको राती ९ बजेको समयमा चन्द्रनिगाहपुरबाट सर्लाही स्थित घर जाने क्रममा पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर –बागमती सडक खण्डको लच्का नजिकै मोटरसाईकल र ट्रेक्टर ठोक्कीदा उनको ज्यान गएको हो ।
पश्चिमबाट पुर्व जादै गरेको प्रदेश २०३०२० प २१९४ नम्बरको मोटर साईकल पुर्वबाट पश्चिम तिर आँउदै गरेको ना २ त २९८३ नम्बरको ट्रेक्टरमा ठक्कर लागेको थियो ।
ठक्कर दिने ट्रेक्टरका चालक र ट्रेक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् मृतक यादव नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखामा मिटर रिडर पदमा कार्यरत थिए ।


