Friday, April 24, 2026

दोभान खानेपानी समितीको हिसाब सार्वजनिक गर्न माग

पछिल्लाे समाचार


चन्द्रपुर,२८ बैशाख । रौतहटको चन्द्रपुर १ मा रहेको दोभान खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा ५ बर्ष देखी  साधारणसभा नभएको उपभोक्ताले गुनासो गरेका छन ।
उपभोक्ताले पाँच बर्ष देखीको हिसाव किताव हुनुपर्ने समेत माग राख्दै आएका छन ।
पाँच बर्ष देखी दोभान खानेपानी तथा सरसफाई उपभोक्ता समितिको हिसाव किताव र साधारणसभा बोलाउनका लागि पटक पटक ताकेता गर्दा समेत समितिले कुनै वास्ता नगरेको उपभोक्ताको गुनासो छ ।
समितिले पानीको महसुल समेत संकलन गर्न छाडेको छ बिजुलीको बिल समयमा नतिरेका कारण नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुरले बिजुलीको लाईननै काटिदिएको छ ।
विद्युतको सिस्टममा लाईन काटिएको भएपनि सो स्थानमा बिजुली आपुर्ती भैइरहेको छ ।
नजिकै रेलमार्गको काम भईरहेको र सो स्थानमा पानीको आवस्यकता भएकाले रेलनिर्माणको ठेकेदारले नियम छलेर बिधुत जडान गरेको स्थानियको बुझाइ छ ।
स्थानीयले संस्थाको आय व्यायको बिषयमा कुरा उठाउदै आएको भएपनि समितिका पदाधिकारी तथा अध्यक्षले कुनै वास्ता नगरेको गुनासो छ ।
यता चन्द्रपुर १ कै रहेको दोभान सामुदायीक वन उपभोक्ता समितिमा अनियमितताको  गुनासो छ ।
वन उपभोक्ता समितिको चन्द्रनिगाहपुर स्थित नेपाल बैंकमा रहेको खाता रोक्का गर्ने तयारी भईरहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत रामप्रसाद साहले जानकारी दिएकाछन् ।
दोभान सामुदायीक वन उपभोक्ता समिति र दोभान खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पदाधिकारीमा एकै व्यक्ती रहेको उपभोक्ताहरुले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु