रौतहट ३१ बैसाख । बिधुत प्राधिकरणले ४ सय केभी प्रसारण लाइनको टावर निर्माण गर्दा काटिएको काठ दाउरा व्यवस्थापन नहुदा कहिन थालेको छ ।
करिव २ वर्षदेखि अलपत्र छाडिएको काठ दाउरा कुहिन थालेका छन ।
एक लाख क्युफिट साल र कुकाठ सकलन भएको थियो भने ८ सय चट्टा दाउरा संकलन भएको थियो ।
काटिएका रुखबाट निस्किएको गोलिया र दाउरा बन कार्यालयले प्रसारण लाइन क्षेत्रमै घाटगद्दी गरेर राखेको छ तर सरक्षण नहुँदा गोलिया र दाउरा कुहिन थालेको छ ।
डिभिजन बन कार्यालय प्रमुख सुनिल कर्णले नयाँ वन नियमावली आउन ढिला भएकाले बिक्रीवितरण प्रभावित बनेको बताए।
गत असोज १५ मा प्रदेश सरकारबाट बन नियमावली आएको छ ।अब चाँडै वर्गीकरण गरी आपूर्ति समितिमार्फत बितरण हुने बन कार्यालयले जनाएको छ ।
आपूर्ति समिति बन्नासाथ उपभोक्तालाई मागअनुसार राजस्व लिएर काठ उपलव्ध गराउने बन कार्यालयले जनाएको छ ।
समितिमा १ हजार ९ सय उपभोक्ताले घरकाजका लागि विभिन्न जातको काठ को लागि निवेदन दर्ता गराएका छन।
अधिकाशका कुकाठ कुहिएर कामै नलाग्ने वन कार्यालय कर्मचारी बताउँछन । कार्यालयले काठको अवस्था हेरेर ए ‘बि ‘सी’ र ‘डी गरी ४ भागमा छुट्याएको छ ।
प्रसारण लाइन आयोजनाको ढल्केवरदेखि हेटौडासम्म ३ सय १९ वटा टावर निर्माण गर्न भारतीय एन्जेसिक इन्टरनेसनल लिमिटेड कम्पनीले ठेक्का पाएको थियो ।


