Friday, June 21, 2024

अवरुद्द रहेक‍ो पानी संचालनमा सवै जुटे

पछिल्लाे समाचार


चन्द्रपुर ३१ जेठ ।चन्द्रपुरमा खानेपानी पाइपलाईन बिस्तार र अवरुद्ध पानी सुचारु गर्न  काम शुर भएको छ ।
देउराली चोक बाट दक्षिण पुर्व अवरुद्ध पानी सूचारु गर्न काम शुरु गरिएको हो ।
नेपाली काङ्ग्रेस चन्द्रपुर नगर सभापती मुकेश गिरि को पहल र चन्द्रपुर नगरपालिका प्रमुख संजय कुमार काफ्लेले पाईप उपल्बध गराउने प्रतिबद्धता गरे संगै पाईप राख्न  खाडल खन्ने काम शुरु गरीएको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव अवदेशहरी भटृराईले जानकारी दिए ।
चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नव निर्वाचित पदाधिकारी सहित को टोलिले खानेपानी बिस्तार को लागि काम शुरु गरेको हो ।
बिगत ३ महिना देखि पुर्वटोल लगाएत का ठाउका उपभोत्ताले खानेपानी पाएका थिएनन ।
खानेपानी बाट वन्चित भएकाे बिषयलाई मध्य नजर कार्य सुरु गरिएको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष किशोर प्रसाद उपाध्यायले बताए।
यस्तै चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्लेले आफुले प्रतिबद्धता गरे अनुसार पाईप सहयोग गरेको बताए ।  आवश्यक ठाउमा पनि पाईपलाईन बिस्तार गरी नगरवासीको घरघरमा खानेपानीको पहुच पर्याउन आफु र पालिका बाट हुने सहयोग गर्ने बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु