रौतहट १ असार /आजपाका अध्यक्ष तथा सांसद प्रभु साहले आफ्नो क्षेत्रमा संचालित योजनाहरुको अनुगमन गरेका छन ।
एसियाली विकास बैंकको करिव ३४ करोडको लागतमा निर्माण भइरहेको ढल तथा नालाको अनुगमन गरिएको छ ।
कटहरिया नपाको वडा ४ र ५ गरी करिव १६ किलोमिटर लामो ढल तथा नाला निर्माणको काम भइरहेको छ । निर्माणको काम यसै आर्थिक वर्षभित्र पुरा गर्ने लक्ष्य रहेको ठेकदार कम्पनी आश्रय निर्माण सेवाले जानकारी दिएकाे छ ।
अध्यक्ष प्रभु साहले क्षेत्र मा संचालित ५० करोड भन्दा बढीको विभिन्न योजनाको अनुगमन गरेका छन्।
अध्यक्ष तथा सांसद साह सहितको टोलिले कटहरिया नगर क्षेत्र अन्तर्गत विभिन्न योजनाहरुको अनुगमन गरेका हुन्।
कटहरिया नगरपालिकाको पोखरीया, मारियावार ,कटहरिया गाँउमा सहरी विकास मन्त्रालय लगायतका निकायबाट भैरहेको सडक ,ढलान ,कालोपत्रे तथा नाला लगायत निर्माणाधीन योजनाहरुको स्थलगत अनुगमन र निरीक्षण गरिएको हो ।
केपी ओली नेतृत्वको सरकारमा साह सहरी विकास मन्त्री हुँदा स्वीकृत भएको तीनवटा योजना मध्ये दुईवटा योजनाको काम अन्तिम चरणमा रहेको कटहरिया नगरपालीका अन्तर्गत सडक ढलान, कालोपत्रे गरी दिन प्याकेजमा करिव ५० करोडको योजनाको निर्माण कार्य भैरहेको अनुगमन टोलीमा सहभागी विकास तथा भवन डिभिजन कार्यालय का प्रमुख विनोद कुमार सिंहले बताएका छन्।
बीस/ बीस करोडको दुई योजनाको काम अन्तिम चरणमा रहेको र १० करोडको अर्को एउटा योजना आगामी आर्थीक वर्षमा सम्पन्न हुने प्रमुख सिंहले जानकारी दिएका छन्। निरीक्षणको क्रममा योजनाको ठेकदार कम्पनी आश्रय निर्माण सेवाका प्रोजेक्ट मैनेजर अजय कुमार गुप्ताले यस आर्थीक वर्षमा गुजरा र फतुवा बिजयपुर नगरपालिकाले लालबकैया नदीको घाटको टेण्डर नगर्दा गिट्टी बालुवा को समस्या भएको बताएका छन ।
अनुगमन टोलिमा अध्यक्ष प्रभू साहका साथ पूर्व मेयर सियाराम कुशवाहा, आजपाका जिल्ला अध्यक्ष त्रिभुवन साह, मेयर प्रत्यासी विजय यादव, शहरी डिभिजन कार्यालय का डिभिजन प्रमुख विनोद कुमार सिंह, रौतहट जिल्लाका सहायक सिडिओ मणि भूषण साह लगायत सहरी विकास कार्यालयका इन्जिनियर र जनप्रतिनिधि, स्थानिय लगायतको उपस्थिति रहेको थियो ।