राैतहट १ असार / ईसनाथ नगरपालिकाले गएको एक वर्षमा गरेका काम सार्वजनिक गरेकाे छ ।
सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत एक वर्षे कार्यकाल भित्र गरिएका कार्यहरु नगरप्रमुख काैशील्या देवीले जानकारी गराएकी छिन ।
आफु नगर प्रमुखमा निर्वाचित भएपछि प्रशासकीय भवन निर्माण गराएको, ईशनाथ मन्दीर आगाडीका अतिक्रमण हटाई सडक फराकिलो तथा व्यवथित गराएको , एक सय १७ जना वेरोजगार युवयुवतीलाई लाेकसेवाको तयारी कक्षामा सहभागी गराएको, विभिन् वडाका रहेका विधालयमा नया भवन निर्माण तथा नगरको २३ वटै विधालयमा विधालय व्यवस्थापन समिति गठन गराउनको साथै सडक ढलान , नाला निर्माणका कार्यलाई स्तरीय ढंगले सञ्चालन गराएको नगर प्रमुख सिन्हाले जानकारी दिएकी छिन ।
स्वास्थ्य संस्था सुधार गरी जनताले खाेजे जस्तो सेवा प्रवाह गर्ने स्तरमा पुर्याउन स्वास्थ्य संस्थामा ल्याव व्यवस्थापन , भिडियो एक्सरे लगाएतका सेवा सुचारु भएको नगर प्रमुख सिन्हाले बताए ।
न्यायिक समितिले निस्पक्ष , भेदभाव रहित तरिकाले काम गरिरहेको नगर उपप्रमुख प्रवेज आलमले बताए । समिति ले २३ बटा मुदा दर्ता , करिब एक सयको संख्यामा विचारधिन अवस्थामा रहेकाे , साेही संख्यामा घरदैलो मै गई मिलापत्र गराएको बताए ।
प्रमुख प्रशासकिय अधिकृत भुदेव झाले आगामी आर्थिक बर्ष देखि हरेक चाैमासिकमा एक पटक अनिवार्य रुपमा सार्वजनिक सुनुवाई आयाेजना गर्ने बताएका छन ।
वडा नम्बर २का वडा अध्यक्ष धर्मेन्द्र साहकाे अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइमा याेजना शाखा प्रमुख महमद ईसराजुल, प्राविधिक शाखा प्रमुख नविराज मिश्र , लेखा प्रमुख मनाेज कुमार ठाकुरले नगरबासीले उठाएका सवालका जबाफ दिएका छन ।
विधालयमा वाईफाईले विधार्थीका पढाईमा परेका नकारात्मक असर, मिटर व्याजीलाई मुद्वा लगाउदा ऋण पाउन गाह्राे भएकाे जस्ता समस्या उठेका छन ।
जनप्रतिनिधी ,सुरक्षा निकायका प्रमुख , शिक्षक, शिक्षाप्रेमी, समाजसेवी , महिला नेतृ, विभिन्न राजनिती दलका प्रतिनिधिकाे उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएका छ ।