Sunday, May 26, 2024

गएराति गौरको एकघरमा आगलागी

पछिल्लाे समाचार


रौतहट ३१ जेठ । गौर नगरपालिका वडा नंबर ४ मा गएराति आगलागी भएको छ ।
पशुराम साहको घरमा आगो लागेको हो । आगो निभाउन गएका स्थानीयहरु लाई समेत पोलेको छ ।
आगो लागेको घरमा ग्यास सिलिन्डर पड्किँदा दर्जनौं ब्यक्ति घाइते भएका थिए । घाइते सबैको उपचार प्रादेशिक अस्पताल गौरमा उपचार गरिएको छ ।


गौर नगरपालिका वडा नं. ४ टिकुलिया का साहको घर जलेर नष्ट हुनुको साथै लाखौंको क्षति हुन पुगेको छ । घटनामा १४ जना घाईते भएका छन ।
मैनबत्तीबाट सल्केको आगोले ग्यास सिलेंडर बिस्फोट भएपछि आगो निभाउन गएका गाउले घाइते भएका हुन।


दमकल दुर्घटना भइ बिग्रिएपछि गौर नपाको वैकल्पिक फायर बिग्रेड र स्थानीयको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु