गौर १ असार । पानी नपरेर मुहान,तथा खोलाहरु सुक्न थालेपछि गौर नपाले घरपालुवा तथा जंगली जनावर, पशु पंक्षी लाई पानी खाने ब्यवस्था गरिएको छ ।
पानी खान नपाएर जंगली जनावर निल गाई, बदेल मर्न थालेको खबर आएपछि बकैया नदी किनारमा खाडल खनेर पानी खाने खाल्टोहरु बनाईएको छ ।
सुख्खा याममा जनावरले पानी खान कष्ट भोगेको देखेपछि जनावरलाई सजिलो होस भन्नका लागि खाडल खनेर पानी जम्मा गरेको गौरका मेयर शम्मु साहले बताएका छन ।
![](https://www.kalampati.com/wp-content/uploads/2023/06/FB_IMG_1686892282269-1024x461.jpg)