रौतहट ३१ जेठ । जिल्लाको मुख्य नाकाको रूपमा रहेको गौर भन्सार कार्यालय र खटिएका सुरक्षाकर्मीकै मिलेमतोमा ठूलाे तस्करी हुने गरेको गुनासो बढेको छ ।
न कुनै कर्मचारी माथी छानबिन भएको छ वा न कसैलाइ कार्वाहि नै भएको छ ।
मंगलबार भारतबाट घरायसी सामान ल्याएको एक सर्वसधारणलाई रोकी चेक चाज गर्ने क्रममा एक जना महिला सशस्त्र प्रहरी र तीन जना पुरुष सशस्त्र प्रहरीले समातेर कार्यालय भित्र लगे । त्यसपछि अवस्था केही असान्त बन्यो घाटना बारे जानकारी लिन खोजदा सशस्त्र प्रहरी का जिम्मेवार तहका प्रमुख देखि जवान समेतले हामीले केही भन्न नमिले भन्दै पन्छिन खोजे ।
ती महिलाले भन्सारमा सुरक्षाकर्मी लाई पैसा दिए ठिक नदिए घराएसी समान बरामद गर्ने गुनासो पोखिन ।
आफ्नो घरमा प्रयोग गर्न ल्याउने गरिबहरूलाई भन्सार कर्मचारीले लछारपछार गर्ने, अपशब्द प्रयोग गर्ने र सामान खोस्ने गर्दै आएको गुनासो छ ।
भन्सार कर्मचारीहरू र भन्सारमा खटिएका सुरक्षाकर्मीले भने माथिको आदेशमा राजस्व छलीको काम रोक्न आफूहरू सक्रिय रहेको बताउछन ।
घरायसी प्रयोजनको लागि व्यक्तिगत किसिमले हातमा सामान बोकेर ल्याउँदा पनि सय /पचास रुपैयाँ नदिए सामानलाई अवैध मान्ने गौर भन्सारका कर्मचारीहरू भने ठुलो परिमाणमा सामान आउँदा राजस्वलाई छलेर खल्ती दाउमा बसेका हुन्छन ।
गौर भन्सारका कर्मचारीहरू र सुरक्षाकर्मीले कपडा, मेसिनरी सामान र पाटपूर्जा तथा खाद्यान्न सामग्रीलाई वास्तविक तौलभन्दा साठी प्रतिशतसम्म कम तौल देखाएर भन्सार काट्ने गरेको व्यापारीहरू नै बताउँछन्।