Wednesday, May 22, 2024

चन्द्रपुरमा चोरी वढेपछि स्थानिय चिन्तित

पछिल्लाे समाचार


रौतहट,३१ जेठ । चन्द्रनिगाहपुर आसपासको बस्तिमा   चोरीका घटना बढ्दै जान थालेको स्थानियको भनाइ छ ।
रातीको समयमा घर घरबाट मोवाईल लगाएत सरसमान चोरी गर्ने गिरोह सक्रिय रहेको स्थानिय बताउछन ।
गर्मीको बेला घरको झ्याल खोलेर स्थानीय सुत्ने र त्यसको फाईदा उठाउदै चोरहरुले लौरोको सहायतामा मोवाईल चोर्ने गरेको गुनासो छ ।
गत सोमबार राती चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा बिसाल तिवारीको सुतिरहेको बेला  मोवाईल हरायको थियो ।
स्थानीय बासिन्दाले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले रातीको समयमा मोवाईल गस्ति लाई प्रभावकारी ढंगले खटाउन माग गरेका छन ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएपी एकनारायण कोईरालाले साना तिना चोरीका घटनामा संलग्न चोरहरु चाडै प्रहरीको नियन्त्रण गरिने बताए ।
चन्द्रनिगाहपुरमा पछिल्लो समय मोटर साईकल र मोवाईल चोरीका घटना बढेकोले स्थानिय त्रसित छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु