Tuesday, April 22, 2025

चमार समुदायका रामजी बने डाक्टर

पछिल्लाे समाचार

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरेसँगै रौतहटका रामजी राम डाक्टर बनेका छन्।
उनले आफूले लाइसेन्स परीक्षामा पास भएको जानकारी शुक्रबार सामाजिक सञ्जालमार्फत् दिएका हुन्।
परीक्षा पास गरेसँगै उनले आफूलाई सघाउनेहरूलाई धन्यवाद दिएका छन्।
‘परीक्षाको बेला आफ्नो खल्ती रित्याएर मलाई अध्ययन गर्न सघाउनुहुने सम्पुर्ण दाताहरू, दृश्य अदृश्य रूपमा मलाई सिकाउनुहुने हाम्रा सम्पूर्ण गुरूहरू, बिरामीहरू, सम्पूर्णलाई यो सर्टिफिकेट चढाउँछु,’ उनले लेखेका छन्।
यस्तै आफूले चिकित्सा शास्त्रको अभ्यास आधिकारिक रूपमा गर्न पाउने अनुमति पाएसँगै बिरामीका दु:खहरूले लिने परीक्षामा पनि पास हुन पाऊँ भनेका छन्।
रौतहटका रामजी रामले डाक्टर बन्न थुप्रै संघर्ष गरे। पैसाको अभावले उनले परीक्षा दिने अन्तिम समयसम्म पनि संघर्ष गर्नुपरेको थियो।
उनले वीरगन्जस्थित नेसनल मेडिकल कलेजबाट एमबिबिएस पास गरेका हुन्। उनी चमार समुदायबाट डाक्टर हुने जिल्लाकै पहिलो व्यक्ति हुन्। एमबिबिएसको परीक्षा दिन गएका बेला कलेजले उनलाई शुल्क नतिरेको भन्दै पटकपटक परीक्षा हलबाट निकालेको थियो। कलेजले उनीहरूलाई परीक्षा दिनबाट रोक लगाएपछि त्यसको सर्वत्र आलोचना भएको थियो।
२०७२ सालमा सरकारले वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर पढाउने भनेपछि उनी पनि सोही कार्यक्रम अन्तर्गत नेसनल कलेजमा भर्ना भएका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु