Friday, May 24, 2024

चादीखोलाको घाट जाने बाटो छेकीएको गुनासो

पछिल्लाे समाचार


रौतहट,३१ जेठ । चन्द्रनिगाहपुर स्थित चाँदी खोलाको किनारमा   रहेको सन्तानेश्वर महाँदेवको मन्दिर ,धर्मशाला र मान्छे मर्दा खोलामा जानेबाटो नै अवरोध गरेको गुनासो छ ।
स्थानीयले सो बिषयमा चन्द्रपुर नगरपालिका वडानं ५ मा लिखित जानकारी गराउँदा समेत वडा कार्यालयले कुनै चासो नदिएको स्थानीय समाजसेवी तथा सन्तानेश्वर महादेव मन्दिर संचालक समितिका अध्यक्ष शम्भु भट्टराईले गुनासो गरेकाछन । गरुडाका एक व्यापारीले आफ्नो जमिनमा घर बनाउदा  मन्दिर,घाट र धर्मशाला जाने बाटो नै बन्द गरिदिएकाे गुनासो छ ।
  बाटो छेकिएको  बिषयमा स्थानीयले संघिय संसद देवप्रसाद तिमलसिनालाई समेत जानकारी गराएको भएपनि कहीँकतैबाट सहयोग नभएको स्थानीय युवा बिमल भट्टराईको भनाइ रहेको छ ।
सम्बन्धीत निकायले मन्दिर,घाट र धर्मशाला जाने बाटो सहज बनाईदिन स्थानीयले आग्रह गर्दै आएको बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु