राैतहट २२ जेठ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाइँएकाे छ ।
जिल्लाकाे चन्द्रपुर स्थित हाेटेल तराई ईनमा साे कार्यक्रम गरिएको हाे ।
दलित सराेकार मञ्च कञ्चनरूप नगरपालिका- ८ सप्तरीकाे आयाेजनामा र राष्ट्रिय दलित पत्रकार संघ राैतहट शाखाकाे सहकार्यमा कार्यक्रम भएको हाे ।
कार्यक्रममा तालिम आयोजक दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानले सरकारले जातीय छुवाछूतलाई कानुनमार्फत दण्डनीय बनाए पनि अझै विभिन्न निकायमा यस्ता मुद्दा दर्जनौँ रहनु विडम्बना भएको बताए ।
उनले मधेस प्रदेश सरकारले दलित सशक्तीकरण ऐन जारी गरिसकेको र त्यसमा पालिका स्तरमा जातीय विभेद अनुगमन समिति गठन गर्ने व्यवस्था भएकाले त्यसलाई चाँडो भन्दा चाँडो कार्यान्वयनमा ल्याउनसमेत आग्रह गरे ।
नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले जातका आधारमा विभेद गर्नु अपराध भएको राज्यले नै स्वीकार गरेकाले कसैले पनि यस्तो कार्य गर्न नहुने बताए ।
छुवाछुत अन्त्य हुनका लागि कानुनी व्यवस्थाबारे प्रसारप्रसार व्यापक हुनुपर्ने सुझाव पनि उनको थियो ।
२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । त्यस पश्चात हरेक वर्ष जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ मनाउने गरिन्छ ।
दिवसले जातीय भेदभाव र छुवाछुत जस्ता समस्या अन्त्यको लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।