Friday, July 19, 2024

फतुवा बिजयपुरमा सडक कालोपत्र गर्न ठेक्का प्रकृया पूरा

पछिल्लाे समाचार


रौतहट २२ जेठ । फतुवा बिजयपुर नगरपालिकामा सडक कालोपत्र गर्नको लागि ठेक्का प्रकृया पूरा भएको छ ।
वडा नम्बर २ अन्तर्गत मर्यादपुर देखि शितलपुर हुँदै अरुवा खोला सम्मको सडक कालोपत्र कार्य गर्न बोलपत्र आवहान गरशिएको छ ।
कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको अध्यक्षतामा बसेको बैठकले ठेक्का प्रकृया सम्पन्न गरेको हो ।
सडक कालेपत्र गर्नका लागि तीन वटा निर्माण  कम्पनीले बोलपत्र दर्ता गराएका थिए ।
प्रिन्स कन्सट्रक्सनले १ करोड ३४ लाख २० हजार ७ सय ,आराध्या निर्माण सेवाले १ करोड ३४ लाख ४० शजार ६ सय र यूनाइटेड कन्सट्रक्सन झुनखुनवाले १ करोड ३८ लाख ५५ हजार ३ सयमा कालेपत्र गर्न बोलपत्रमा रकम उल्लेख गरेका थिए ।
प्रिन्स कन्सट्रक्सनले  सो सडक खण्ड कालेपत्र गर्ने जिम्मा पाएक‍ छ ।
आ.व.२०७९।०८० को असाढ मसान्त सम्म निर्माण कार्य सक्ने  गरी ठेक्का सम्झौता  गरिएको नि.प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवले जानकारी दिए ।
 

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु